अमेरिका, नेदरल्यान्ड्सको खेलमा १–१ को रोमाञ्चक बराबरीमा

काठमाडौं । वुमेन्स वर्ल्डकप २०२३ को लिग चरणको सर्वाधिक बहुप्रतिक्षित खेलमा नेदरल्यान्ड्स डिफेन्डिङ च्याम्पियन अमेरिकाको हातबाट १–१ को रोमाञ्चक बराबरीमा रोकिएको छ ।

सन् २०१९ को फाइनलको पुनरावृत्तिका रूपमा यो खेल भएको थियो ।

त्यसमा अमेरिका २–० ले वियजी रहेको थियो । यसपल्टको प्रतियोगितामा भने दुवै एकै समूह ‘ई’ मा परेका थिए । यही खेलमा उप विजेता नेदरल्यान्ड्सले जिल रुर्डको गोलले १७ औं मिनेटमा अग्रता लिएको थियो ।

दोस्रो हाफको ६२ औं मिनेटमा अमेरिकी कप्तान लिन्ड्स होरानले पोस्टको नजिकको दूरीबाट गोल गरिन् र खेल बराबरीमा टुंगियो ।

यस नतिजापछि दुवै टिम समान दुई खेलबाट चार चार अंकमा रहे ।

दुवै टिम आ–आफ्नो पहिलो खेलमा विजयी रहेका थिए । यस समूहमा पोर्चुगल र भियतनाम भने शून्य अंकमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर