सुन तस्करी प्रकरणमा तामाङ पक्राउ

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने नरेश भनेर चिनिने सुरेन्द्र तामाङलाई पक्राउ गरेको छ ।

विभागले बुधबार तामाङलाई पक्राउ गरेको हो । विभागले अहिले उनको सम्पर्कबारे अनुसन्धान गरिरहेको छ । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १७ जना पुगेको छ ।

त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर यही साउन २ गते एक क्विन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर