चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाउन भारतलाई आग्रह

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले भारतलाई चामल निर्यातमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आइएमएफले चामलको निर्यातमा लगाएको प्रतिबन्ध हटाउन भारतलाई प्रोत्साहित गर्दै यसले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताएको छ । भारत सरकारले गएको जुलाई २० मा गैरबासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री एवम् अनुसन्धान विभागका निर्देशक पियर ओलिभर गौरिनचासले मङ्गलबार वर्ल्ड इकोनोमिक आउटलुकमा चामल निर्यातसम्बन्धमा समाचार सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा भने, ‘यस्ता प्रतिबन्धले बाँकी विश्वमा खाद्यान्नको मूल्यमा उतारचढाव हुने र प्रतिशोधात्मक कदम चाल्ने सम्भावना रहन्छ, जुन विश्वव्यापीरूपमा हानिकारक हुन सक्छ ।’

आइएमएफले यस वर्ष भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ६ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ, जुन क्षेत्रीय औसत ५ दशमलव ३ प्रतिशतभन्दा निकै बढी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर