सुन तस्करलाई कारवाही गर भन्ने नारासँगै प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन्। एमालेका प्रमुख सचेतक पदम गिरीले छानबिन समिति नबनेसम्म एमालेले संसद् चल्न नदिने बताए।

उनले भने, ‘अहिलेको सुन सेटिङ बिग्रिँदा पक्राउ परेको हो। यसअघि ३३ पटक आएको छ। त्यसका लागि उच्चस्तरीय छानविन समिति बनाउन माग गर्छु। गृहमन्त्रीदेखि तल्लो तहसम्म रहेकाहरुमाथि छानबिनका लागि रुलिङ होस् अन्यथा अघि बढ्न दिइँदैन।’

सुन तस्करलाई कारबाही गर, उच्चस्तरीय छानविन समिति गठन गर भन्दै सांसदहरुले बेल घेरेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक साउन १५ गते सोमबार दिउँँसो १ बजेसम्मलाई स्थगित गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर