प्रतिनिधिसभाको बैठक अवरुद्ध, गृहमन्त्रीको राजीनामा नआउञ्जेल सदन चल्न नदिने अडान

काठमाडौं । नेकपा एमालेले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । एमालले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ राजीनामा माग्दै बैठकमा अवरोध सिर्जना गरेको हो ।
एमालेले सुन तूकरीसम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने भएको छ।

प्रतिनिधिसभाको आज बसेके बैठकको आकस्मिक बैठकमा एमालेका संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सत्ताको आडमा मान्छे जोगाउने काम भएको आरोप लगाउँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कुर्सीमा बस्ने नैतिकता नभएको बताए।

सुन तस्करीमा माओवादीका नेता कृष्णबहादुर महराले २०६७ सालमै चिनियाँ व्यापारीसँग कुरा गरेको टेप बाहिरिएको उनले बताए। ‘सय किलो सुन प्रकरणमा गृह प्रशासनका मान्छेको सेटिङमा सुन बाहिरिन्छ, राजस्व अनुसन्धानका डिजीलाई सुनको जानकारी हुँदा प्रधानमन्त्रीलाई जानकारी थियो कि थिएनरु अर्थमन्त्रीलाई थियो कि थिएन?’ गिरीले प्रश्न गरे।

उनले अगाडि थपे, ‘गृहमन्त्री र प्रधानमन्त्रीले संरक्षण गर्नुभयो। उहाँहरुको सेटिङमा उहाँहरुको सेटिङमा भएको छ। यसमा सरकारले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्छौं। दिउँसै रात पार्ने काम भयो, देश लुट्ने काम भयो। क्विन्टलका क्विन्टल सुन भित्र्याएर सरकार लुटमा उत्रियो।’

गृहमन्त्री कुर्सीमा बस्न योग्य हुनुहुन्न। जनतामा भ्रम पार्ने कुरालाई नैतिकताको धरातलमा हुनुहुन्छ। उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ।’ प्रमुख सचेतक गिरीले बोलेपछि एमाले सांसदहरु उठेर गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर