संसदको बैठक अवरोध गर्न एमाले, रास्वपा र राप्रपा एक ढिक्का

काठमाडौं । एमाले संसदीय दलको बैठकका कारण प्रतिनिधिसभाको बैठक एक घन्टा पछि सरेको छ। आज बुधबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक एक घन्टा पछि सारिएको संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा एमालेले सुन तस्करी प्रकरणमा सरकारसँग जवाफ माग्ने भएको छ।

विमानस्थलको भन्सारबाट एक क्विन्टल जाँचपास भएर बाहिरिनुमा कर्मचारीको मात्र संलग्नता नभएको र मन्त्री पनि जिम्मेवार रहेकाले सरकारको धारणा मागिने एमाले प्रमुख सचेतक पदम गिरीले बताए। यसैबीच एमालेले सुनकाण्डलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै संसदको बैठकमा अवरो गर्ने बुझिएको छ । प्रमुख प्रतिपक्षको अवरोधमा अन्य विपक्षी पाटीृ रास्वपा र राप्रपाले समेत साथ भएको छ । रास्वपार राप्रपाले मन्त्री द्वयको राजीनामा भने नमागिने जनाएको छ । (तस्बिर : फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर