“सुन तस्करी प्रकरणमा सरकारको जो चोर, उसैको ठूलो स्वर”

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तस्करीको १०० किलो सुन बरामद प्रकरणमा सत्ताधारीले ‘नाङ्गो नाच’ देखाइरहेको आरोप लगाएका छन्। बुधबार संसदीय दलको बैठकमा बोल्दै ओलीले उक्त टिप्पणी गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको गेट बाहिरबाट बरामद भएको १०० किलो सुनको विषयलाई एमालेले सदनमा उठाउने तयारी गरेको छ। जसबारे धारणा बनाउन बुधबार प्रतिनिधि सभा बैठक बस्नु अगाडि एमाले संसदीय दलको बैठक बसेको हो।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘सत्ताधारीले नाङ्गो नाच नाचिरहेका छन्। जो चोर, उसैको ठूलो स्वर भनेजस्तो गरी अभिव्यक्ति आइरहेका छन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर