सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । आज बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले बढेको छ ।

महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७ सय र तेजावी सुन एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन एक लाख १२ हजार २ सय रुपैयाँ र तेजावी सुन एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो यसको मूल्य १४ सय ५५ रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर