श्रावणी महोत्सवमाथि काठमाडौं महानगरको रोक

काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्रथम शङ्खमूल तीर्थ श्रावणी महोत्सवमाथि रोक लगाएको छ । काठमाडौँ महानगरपालिका–३२ स्थित शङ्खमूल घाटमा स्थानीयले गरेको महोत्सवमा महानगर प्रहरीले पूर्व अनुमति नलिई महोत्सव सञ्चालन गरेको आयोजकहरूलाई आरोप लगाएको छ ।

स्थानीयले सो स्थानमा साउन १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् । महानगरसँग अनुमति नलिई अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगर प्रहरीको टोलीले मङ्गलबार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो ।

पार्कमा हिँड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृतिसमेत नलिई महोत्सव आयोजन गरिएको भन्दै नगर प्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गरेका थिए । तर स्थानीय आयोजहरूले भने सो स्थल धार्मिक स्थल नै भएकाले आफूहरूले महोत्सव गरेको बताएका थिए । नगर प्रहरी र स्थानीयबीचमा केहीबेर भनाभन हुँदा दुबै पक्षले नियम प्रक्रियामा जान सहमत भएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर