फरवार्ड केलियन एम्बाप्पेलाई कीर्तिमानी रकमको प्रस्ताव

काठमाडौं । साउदी क्लब अल हिलालले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पेलाई कीर्तिमानी रकमको प्रस्ताव गरेको छ ।

साउदी प्रो लिग क्लब अल हिलालले फ्रान्सेली फरवार्ड अनुबन्धनका लागि २ सय ५९ मिलियन पाउण्डको प्रस्ताव गरेको हो ।

२४ वर्षका फरवार्डको पीएसजीसँगको सम्झौता सकिन एक वर्ष बाँकी छ । एमबाप्पेले पीएसजीसँग सम्झौता नविकरण नगर्ने बताईसकेका छन् । सोही कारण पीएसजीले एमबाप्पेलाई जापान भ्रमणको टिमबाट बाहिर राखेको छ । र फ्रान्सेली फरवार्डलाई बेच्न तयार रहेको जनाएको छ ।

अर्को समर ट्रान्सफरमा निशुल्क छाड्नु भन्दा पीएसजी कुनै हालतमा यसै सिजन एमबाप्पेलाई बेच्न खोजेको छ ।

सन् २०१७ मा नेयमार बार्सिलोनाबाट पीएसजी आउदाँ क्लबले कीर्तिमानी २ सय मिलियन पाउण्ड खर्च गरेको थियो ।

ब्राजिली स्टारको रिलिज क्लजलाई पीएसजीले पार गरेपछि नेयमार विश्व फुटबलका सबैभन्दा महङ्गा खेलाडी भएका थिए ।

चेल्सी, म्यानचेस्टर युनाईटेड, टोटेनहम, इन्टर मिलान र बार्सिलोना सबै क्लब एमबाप्पे अनुबन्धनका लागि इच्छुक छन् । उनी अर्को समर ट्रान्सफरमा निशुल्क क्लब छाड्न चाहेको बताएका थिए । र रियल मड्रिडलाई उनको आगामी गन्तब्य मानिएको थियो ।

साउदी अरेबियाको इनभेष्टमेन्ट फन्टबाट सञ्चालित अल हिलाले यस समर ट्रान्सफरमा रुबिन नेभिस, कालिदो कौलिबाली सहितका खेलाडीलाई अनुबन्धन गरिसकेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर