ब्राजिलले विश्वकपमा डेब्यु गरिरहेको पामानालाई ४–० ले हरायो, एरीको ह्याट्रिक

काठमाडौं । ब्राजिलले वुमेन्स वर्ल्डकप २०२३ मा सोमबार उत्कृष्ट विजयी सुरुआत गरेको छ ।

समूह ‘एच’ को खेलमा ब्राजिलले विश्वकपमा डेब्यु गरिरहेको पामानालाई ४–० ले हरायो ।

यो जितको नायक रहे, एरी बोरगेस ।

उनले आफ्नो ह्याट्रिक पूरा गर्दै शानदार प्रदर्शन गरिन् । यसपल्टको वर्ल्डकपको यो पहिलो ह्याट्रिक हो । उनकै पासमा बिआ जेनराटोले अर्को गोल गरिन् ।

यो जितपछि तीन अंकसहित ब्राजिल आफ्नो समूहमा बलियो स्थितिमा रह्यो । यसै समूहको यसअघि खेलमा फ्रान्स र जमैकाले गोलरहित बराबरी खेलेका थिए । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर