रास्वपाले उपनिर्वाचनका लागि उम्मेदवारको नामावली सार्वजनिक गर्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने तीन निर्वाचन क्षेत्रको उपनिर्वाचनका लागि उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।

पार्टीले एक विज्ञप्ति जारी गर्दै चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो।

रास्वपाले चितवन(२ मा रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरेको छ। तनहुँ(१ मा डाक्टर स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डाक्टर रूपक विक घिमिरेको नाम सिफारिस गरिएको छ।

त्यस्तै बारा(२ मा रास्वपाले रमेश खरेल र युवराज न्यौपानेको नाम सिफारिस गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर