नासिरद्वारा अर्को नयाँ किर्तिमान

काठमाडौं । नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको २० औं संस्करणको वल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा अर्को नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका छन् ।

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार २०० मिटर फ्रिस्टायलमा नासिरले १ मिनट ५७ दशमलव २६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय किर्तिमान बनाएका हुन् ।

यसअघि नासिरको नाममा १ मिनट ५८ दशमलव २३ सेकेन्डको राष्ट्रिय किर्तिमान रहेको थियो । नासिरले सो किर्तिमान ११ औं एनएसए कप च्याम्पियनसिपमा राखेका थिए ।

नासिरले हिजो भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनट ८ दशमलव २३ सेकेन्ड समयको नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका थिए ।

भोली ९ गते डुवाना लामाले २ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश बैद्यले जानकारी गराएका छन् ।

बिश्व पौडी महासंघले आफ्नो नाम फिनालाई परिवर्तन गर्दै वल्ड एक्वाटिक्सको नामाकरण गरेको छ । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर