नबिल बैंक ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले वार्षिक रूपमा प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड (एनबीपीए) २०२२ (नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२२) बाट सम्मानित भएको छ ।

यस बैंकले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । आईक्यानले आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।

गत शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

बैंकले उक्त अवार्ड पाएसँगै अब नेपालको तर्फबाट साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा दक्षिण एसियालीस्तरमा आयोजना हुने ‘साफा बीपीए अवार्डका लागि प्रतिस्पर्धा गर्नसमेत बाटो खुला भएको बैंकले जनाएको छ ।

नबिलले २० लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिका २ सय ६५ शाखा र २ सय ९८ एटीएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर