कार्यवाहक प्रधानमन्त्री र चिनियाँ प्रमण्डलबीच भेटवार्ता

रक्षामन्त्री खड्काले नेपाल र चीनबीच शदियौंदेखि रहिआएको सौहाद्र्रपूर्ण एवम् घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महसुस गरेको स्मरण गरे । उनले मित्रराष्ट्र चीनले आर्थिक, सामाजिक एवम् प्राविधिक विकासद्वारा समग्र विकासमा प्राप्‍त गरेको अभूतपूर्व प्रगतिको प्रशंसा गर्दै चीनको यो उपलब्धि नेपालका लागि प्रेरणाको स्रोत हुने विचार व्यक्त गरे ।

भेटवार्तामा चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनले यस पटकको नेपाल भ्रमणको प्रमुख उद्देश्य सन् २०१९ मा चीनका राष्ट्रपति सि चिनफिङको भ्रमणको अवसरमा निर्णय भएका विभिन्न आयोजना तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनलाई सफल बनाउनु रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर