तनहुँ कांग्रेस राजनीतिमा हावी गोविन्दराज जोशी……

काठमाडौंं । नेपाली समाजमा एउटा भनाइ प्रचलित छ त्यो हो, प्यास लाग्नेले कुवाँको खोजी गर्नुपर्छ । अहिले त्यो भनाइ ठ्याक्कै नेपाली कांग्रेसको तनहुँ जिल्लाको राजनीतिमा देखिएको छ । तनहुँ–१ निर्वाचन क्षेत्रमा हुन गइरहेको उपनिर्वाचनमा आफ्नो सिट नगुमोस भनी कांग्रेसका केन्द्रीय नेताहरूले एउटा टिकडम निकाले, त्यो के हो लामो समयदेखि रामचन्द्र पौडेल भर्सेस गोविन्दराज जोशी केन्द्रीत जिल्ला राजनीतिलाई अब समाप्त गर्ने हो भने गोविन्द जोशीमाथि गरिएको अनुशासनको कारवाही फिर्ता लिने । आखिरमा फिर्ता पनि लियो केन्द्र कांग्रेसले । तर कुरा यत्तिमा रहेन । बर्सोदेखिको अपमान, उपेक्षालगायत अन्य पीडालाई व्यहोर्दै आएका जोशीले पनि अब पालो मेरै हो भनेर केन्द्रसँग अनेकन सर्त राख्दै आए । पछि वार्ताको नाटक मञ्चन भयो ।

केन्द्र कांग्रेसले तनहुँ कांग्रेसको समस्या सल्ट्याउन गोविन्दराज जोशीसँग वार्ता नगरेर उनका छोरासँग वार्ता गरे । तर त्यस वार्ताले निर्णायक मोड लिन सकेन । अन्ततः जोशीले बुधबार केन्द्र कांग्रेससँग चलिरहेको वार्ता समाप्त भएको जानकारी दिए । अर्थात् तनहुँ कांग्रेसको समस्या ज्यूकाँ त्यूँ रह्यो ।

जोशीले एक विज्ञप्ति जारी गरेर भने, “उहाँहरूले वार्तामा मूल समस्या समाधान गर्ने चासो नदेखाउनु भएका कारण वार्ता समाप्त भयो ।’
अब कुरा के आउँछ भने के तनहुँको कांग्रेस राजनीतिमा जोशी फ्याक्टर नै अनिवार्य हो त भन्ने प्रश्न उब्जिएको छ । कांग्रेसको राजनीतिमा जीवन होम्मिएर मन्त्रीसमम पुगेका जोशी केन्द्रीय स्तरका नेता हुन् । तर रामचन्द्र पौडेलसँग मिल्न नसक्दा जोशी पेलिए र थिचिए । रामचन्द्र पौडेलको तनहुँ राजनीति अहिलेको घडीमा प्रायः समाप्त भएको सन्दर्भ जोशी कांग्रेसका लागि अहिले एउटा आधारभूत तत्व मानिएको कांग्रेसकै कार्यकर्ताहरू बताउँछन् ।

 

कांग्रेसमा रहेर महत्वपूर्ण योगदान गरेका डा. स्वर्णिम वाग्लेले देउवा–आरजु गिरोहमा रहन सकेँन भनी एकाएक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपनिर्वाचनमा उम्मेदवारी दिएर सनसनी फैलाएका डा. वाग्लेका लागि जोशीको सहयोग गेम चेञ्जर साबित हुन बेर छैन । जोशीले आगामी उपनिर्वाचनमा डा. वाग्लेलाई सहयोग गरे पनि नगरे पनि खासै फरक नपर्ने तर जोशीको सहयोग गोविन्द भट्टराई चाहिँ भरथेक हुने मूलधारमा रहेका कांग्रेसी कार्यकर्ताहरू बताउँछन् ।

उपनिर्वाचनको मिति घोषणासँगै जोशीमाथिको कारवाही फुक्का रेको घोषणालगत्तै जोशी तनहुँको राजनीतिमा पुनः स्थापित भएका थिए । त्यसैको सरोफेरोमा जोशीले जोरी खोजेका थिए कि केनद्र कांग्रेसले कारवाही गरिएका कार्यकर्ता र तिनका परिवारसँग केन्द्र कांग्रेसले मैदानमा आएर माफी माग्नुपर्ने बताएका थिए । यही बेमेल र ढिलासुस्तीले गर्दा गोविन्द जोशीले वार्ता समाप्त भएको सन्देश प्रवाह गर्न सफल भएको टिप्पणी गरिएको छ ।

तनहुँ कांग्रेसको कचमचले उपनिर्वाचनमा कसलाई फाइदा वा कसलाई बेफाइदा पुग्ने हो त्यो त वैशाख १० गतेको मतदानपछि नै थाहा लाग्नेछ । जे होस् एक दिन सबैको आउँछ भन्ने नेपाली समाजको आशावादी भनाइको फाइदाजनक स्थितिमा गोविन्दराज जोशी एन्ड कम्पनी रहेकोमा कुनै शंका वा द्विविधा नरहला । (समाचार विश्लेषण, रफत न्युज डेस्क)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर