दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ यू–१६ र यू–१९ को खेल तालिका सार्वजनीक

काठमाडौं । उमेर समूहको दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ यू–१६ र यू–१९ को खेल तालिका सार्वजनीक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघले सार्वजनीक गरेको तालिका अनुसार नेपालले यू–१६ को पहिलो खेल बंगलादेशसँग र यू–१९ को पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।

आईतबार सार्वजनीक तालिका अनुसार यू–१६ मा नेपाल, भारत रहेको समुह एमा परेको छ । जुन समुहमा बंगलादेश छ ।

यस्तै, यू–१९ मा नेपाल, माल्दिभ्स र पाकिस्तान सम्मिलित समूह एमा परेको छ ।

यू–१६ प्रतियोगिता भुटानको थिम्पुमा सेप्टेम्बर १ देखि १० सम्म हुदैछ भने यू–१९ प्रतियोगिता नेपालको काठमाडौंमा सेप्टेम्बर २१ देखि ३० सम्म हुदैछ ।

यू–१६ मा सेप्टेम्बर २ मा बंगलादेशसँग खेल्ने नेपालले सेप्टेम्बर ५ मा भारतसँग खेल्नेछ ।

यस्तै, यू–१९ मा सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्ने नेपालले सेप्टेम्बर २५ मा माल्दिभ्ससँग खेल्नेछ ।

साफले उमेर समुहका खेलाडीलाई एक्सपोजर दिने उद्धेश्यले उमेर समूहका प्रतियोगिता हरेक वर्ष सञ्चालन गर्दै आएको छ ।

नेपालले यस वर्ष साफको उमेर समूहको यू–१९ प्रतियोगिताको आयोजना गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर