सुनचाँदीको भाउ घट्ने क्रम जारी

काठमाडौं । सुनचाँदीको भाउ आज सोमबार पनि घटेको छ । गएको बिहीबारर अहिलेसम्मकै उच्च तोलाको एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसपछि लगातार घटेको छ ।

आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार पनि सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको थियो । हिजो तोलाको एक लाख १२ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै, शुक्रवार तोलाको एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ आइतबार तोलामा एक हजार चार सय ६५ रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर