नेपाल निर्माण व्यवसायी महासंघ थप आन्दोलनमा जाने

काठमार्डौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । काठमाडौंमा आइतबार  पत्रकार सम्मेलन गर्दै महासंघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

महासंघले साउन ८ गते प्रधानमन्त्री तथा सरोकारवाला मन्त्रालयहरुमा ज्ञापनपत्र बुझाउने, साउन ९ गते प्रदेश महासंघले मुख्यमन्त्री र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

साउन ७ गते भएको राष्ट्रिय सम्मेलनले साउन १० देखि १३ गतेसम्म विभिन्न राजनीतिक दलका प्रमुख र सम्बन्धित संघीय सरकारी निकाय, प्रदेश र राजनीतिक निकायमा आफ्ना मागहरुको सम्बन्धमा जानकारी गराउने निर्णय भएको आइतबारको पत्रकार सम्मेलनमा महासंघका महासचिव रोशन दाहालले बताए ।

त्यस्तै, आफ्ना मागहरु पूरा नभए दोस्रो चरणमा साउन १४ गते महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालयमा एक घण्टा धर्ना दिने, १४ गते नै सातवटै प्रदेशका मुख्यमन्त्रीको कार्यालयअघि धर्ना दिने महासचिव दाहालले बताए । साउन १५ गते प्रधानमन्त्री निवासअघि एक घण्टा धर्ना दिने निर्णय गरेको पनि उनले बताए ।

महासचिव दाहालले दोस्रो चरणको आन्दोलनलाई पनि सरकारले बेवास्ता गरी निर्माण व्यवयासीहरुका माग पूरा नगरे साउन १६ गते निर्माण उपकरणसहित संघीय राजधानी केन्द्रित प्रदर्शन गर्ने कार्यक्रम तय भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर