चेल्सीले अर्को प्रभावशाली जित

काठमाडौं । प्रि–सिजन टू मा चेल्सीले अर्को प्रभावशाली जित आत्मसाथ गरेको छ । आईतबार चेल्सीले प्रिमियर लिगको प्रतिद्धन्दी क्लब ब्राइटनमाथि ४–३ को प्रभावशाली जित निकालेको हो ।

लण्डन क्लबले जित निकाल्दै गर्दा प्रशिक्षक मौरिसियो पोचिटिनोले फरवार्ड निकोलस ज्याक्सनको प्रशंसा गरे । उनले ज्याक्सनलाई क्लबमा भिज्न समय लाग्ने बताए । २२ वर्षिय फरवार्डले ब्राइटनविरुद्ध एक गोल गर्दै दुई गोलको अवसर सिर्जना गरेका थिए ।

सेनेगलका अन्तराष्ट्रिय स्टारले भिल्ला रियलबाट यसै जुनमा चेल्सी आएका हुन् ।

‘यस प्रकारको खेल उनलाई आवश्यक छ । प्रिमियर लिगमा खेल्नुको अर्थ यसले बुझाउने गर्छ ।’ पोचिटिनोले भने ।
चेल्सीको जितमा क्रिस्टोफर नकुन्कु, मायखाइलो मुड्रिक र कानर गालाघेरले गोल गरेका थिए ।

खेलको ६० औं मिनेटमा ब्राइटनका डिफेन्डर जान पाउल भान रातो कार्ड खादै मैदान बाहिरिएका थिए । तर ब्राइटनले लण्डन क्लबसमक्ष कडा चुनौती प्रस्तुत गर्यो ।

ज्याक्सनले भिल्ला रियलमा गत सिजन ३८ खेलमा १३ गोल गरेका थिए । जसमा अन्तिम ८ लिग म्याचमा ९ गोल गरेका थिए । यूएसमा पहिलो मैत्रीपूर्ण खेलमा समेत ज्याक्सनले एक गोलको अवसर सिर्जना गरेका थिए ।

‘जब चेल्सीले उनी जस्ता खेलाडी अनुबन्ध गर्छ । पक्कैपनि केही क्षमता र स्तरलाई हेरेको हुन्छ ।’ पोचिटिनोले भने ।
‘उनी युवा छन् । हामीले उनलाई विकास गर्नपर्छ । चेल्सीका लागि आवश्यक खेलाडीको रुपमा निकाल्न पर्छ ।’ उनले थपे ।

अर्का फरवार्ड नकुन्कु समेत यसै सिजन चेल्सी आएका थिए । गत महिना चेल्सी आएका उनले प्रि–सिजनका दुवै खेलमा गोल गरेका छन् ।  एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर