युक्रेनमा पश्चिमा देशका स्पेशल फोर्स विशेष सैन्य दस्ताले रुससँग युद्ध लडिरहेको खुलासा

काठमाडौं । युक्रेनमा बसेर अमेरिका र बेलायत लगायतका विभिन्न पश्चिमा देशका स्पेशल फोर्स विशेष सैन्य दस्ताले रुससँग युद्ध लडिरहेको खुलासा भएको छ ।

अमेरिकी रक्षा मन्त्रालयबाट चुहावट भएको आशंका गरिएको गोप्य दस्तावेजका अनुसार युक्रेनभित्र रहेर दर्जनौं देशका स्पेशल फोर्सले रुससँग युद्ध लडिरहेको खुलासा भएको हो । युक्रेनमा बेलायत, अमेरिका, फ्रान्स, नेदरल्याण्ड्स र लात्भियाको स्पेशल फोर्स सक्रिय रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दावी छ।

लिक गरिएका फाइलहरू मध्ये केहीलाई अमेरिकामा अति संवेदनशील मानिने सरकारी वर्गीकरण अर्थात ‘क्लासीफाइड’ भनिएको छ । यि फाइलहरुका अनुसार केही समयभित्र युक्रेनले ‘स्प्रीङ अफेन्सीभ’ भन्दै रुसविरुद्ध विशेष आक्रमणको तयारी गरिरहेको छ । अमेरिकी सरकारले चुहावटको स्रोतको अनुसन्धान गरिरहेको जनाएको छ ।

बेलायतले भने स्पेशल फोर्सको परिचलान सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन । उसले आफ्नो पुरानै शैलीलाई यस पटक पनि निरन्तरता दिएको छ । स्पेशल फोर्सलाई संसारमा सबै भन्दा घातक र प्रभावकारी सैन्य दस्ता मानिन्छ । रुसले यसको बारेमा अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया भने दिएको छैन । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर