स्विडेनले दक्षिण अफ्रिकालाई २–१ ले हरायो

काठमाडौं । उपाधिको दावेदार मानिएको स्विडेनले वुमेन्स वर्ल्डकप २०२३ मा दक्षिण अफ्रिकालाई आइतबार २–१ ले हराएको छ ।

प्रतियोगिताको तेस्रो वरीयता प्राप्त स्विडेनले एक गोलले पछाडि रहेको स्थिति उल्टाएको हो ।

दक्षिण अफ्रिकाले हिल्डाह मागाइआको गोलले ४८ औं मिनेटमा अग्रता लिन सफल भएको थियो । फ्रिाडोलिना रोल्फोले ६५ औं मिनेटमा स्विडेनका लागि गोल गरिन र खेल बराबरीमा आयो ।

खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला अमन्डा इलेसडेटले ९० औं मिनेटमा स्विडेनका लागि निर्णायक गोल गरिन् र यससँगै टिमको पुर्नआगमन जित पूरा भएको थियो ।

यस जितसँगै स्विडेनले समूह ‘जी’ मा सुरुआती अग्रता पनि लिएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर