ललिता निवास प्रकरण: थप एक पक्राउ
काठमाडौं। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंको बालुवाटारस्थित ललिता निवासमा आइतबार थप एक जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठ छन्। प्रहरीले उनलाई जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेका थिए।
योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन्।
प्रतिक्रिया