कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खडकाले सम्हाल्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्हाल्ने गरी तोकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी कार्यबाहक तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाइटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’ मा भाग लिन त्यसतर्फ गएकाले खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर