६ दिनदेखि जारी डढेलो नियन्त्रण बाहिर, हजारौं मानिस बिस्थापित

काठमाडौं । ग्रीसको रोड्स टापुको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।

डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरु परिचालन गरिए पनि बिगत ६ दिनदेखि जारी डढेलो नियन्त्रण बाहिर जाँदा हजारौं मानिस बिस्थापित भएका छन् ।

ग्रीसको रोड्स टापुका होटेलहरुमा रहेका पर्यटकहरु सहित ३५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । हाल उच्च तापमान सगैंको तातो हावाले ग्रीसको ६० वटाभन्दा बढी जंगलमा एकासाथ डढेलो लाग्दा नियन्त्रण गर्न कठिनाई भएको समाचारमा उल्लेख छ ।

अनतर्राष्ट्रिउ सञचार माध्यमका अनुसार डढेलो नियन्त्रणका लागि हेलिकप्टर र सय भन्दा बढी अग्नीनियन्त्रकहरु परिचालन गरिएका छन् । ग्रीसको किओटारी क्षेत्रका तीनवटा होटेलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीका कारण दर्जनौ घरहरु जल्नुका साथै साथै ३५ हेक्टरमा रहको जंगल नष्ट भएको छ । बिगत १५ दिनदेखि जारी उच्च तापमानले ग्रीसको जनजीवन अस्तब्यस्त बनेको छ ।

त्यहाँको तापक्रम हाल ४० डिग्री सेल्सियसमाथि पुगेको छ जुन ५० वर्ष यताकै उच्च हो । रोड्स टापु लगाएत अन्य केही शहरहरुमा गर्मीकै कारण आपतकाल लागु गरिएको छ । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर