डेनमार्कले चीनलाई १–० ले हरायो

काठमाडौं । डेनमार्कले वुमेन्स वर्ल्डकप २०२३ मा शनिबार भाग्यमानी जित निकाल्ने क्रममा चीनलाई १–० ले हराएको छ ।

खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला एमिली भाङ्सगार्डले हेडबाट गोल गरिन् ।

पेरनिल हारडरको कर्नरमा सब्टिच्युट खेलाडी भाङ्सगार्डले गोल गरेकी हुन् ।

पछिल्ला तीन विश्वकपमा छनोट हुन असफल डेनमार्कले यससँगै महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा सुखद पुर्नआगमन रहेको छ ।

यो जितपछि समूह डी मा डेनमार्क इंग्ल्यान्डसँगै संयुक्त रूपमा शीर्ष स्थानमा रहे । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर