बुन्डेसलिगा च्याम्पियन म्युनिखले केन किन्नका लागि तेस्रो प्रस्तावको तयारी

काठमाडौं । बायर्न म्युनिखले ह्यारी केन अनुबन्धनका लागि थप जोड गर्ने भएको छ । बुन्डेसलिगा च्याम्पियन म्युनिखले केन किन्नका लागि तेस्रो प्रस्तावको तयारी गरेको छ ।

रिपोर्टहरुका अनुसार बायर्नले सय मिलियन पाउण्डको प्रस्तावको तयारी गरेको छ ।

टोटेनहम प्रशिक्षक एन्ज पोस्टेकोग्लुले केनको स्थानान्तरणको प्रकृयालाई चाँडो टुङ्गोमा पुर्याउन अनुरोध गरेका छन् । केन टोटेनहमसँगको सम्झौताको अन्तिम वर्षमा छन् ।

क्लबले उनलाई सम्झौता थप्नका लागि अनुरोध गरिरहेका छन् । तर इङ्ल्याण्डका अन्तराष्ट्रिय स्टार टोटेनहमसँग सम्झौता थप्ने पक्षमा छैनन् । उनी यस समर ट्रान्सफरमा क्लब छाड्न चाहन्छन् ।

प्रशिक्षक पोस्टेकोग्लु वर्तमान अवस्था चाँडै समाधान होस् भन्ने पक्षमा छन् ।

उनले भने, ‘मलाई लाग्छ, सबैको ध्यानका लागि, हामी यसलाई लामो समयसम्म लैजान चाहदैनौ । यो कसैका लागि पनि राम्रो हुदैन । मलाई लाग्छ, यो ह्यारीका लागि समेत राम्रो हुदैन । यो क्लबको लागि पनि राम्रो हैन । हामी यो चिजको चाँडो टुङ्गो लागोस् भन्ने चाहन्छौं ।’

केनलाई एसिया प्यासिफिक टूरमा राखिएको छ । तर उनलाई खेलाउने सम्भावना कम छ । एजेन्सी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर