दिपेन्द्र सम्मिलित मोन्टरियलसँग सन्दीपको सर्रे पराजित

काठमाडौं । ग्लोबल टि२० क्यानडाअन्तर्गत दिपेन्द्र सिंह ऐरी सम्मिलित मोन्टरियल टाइगर्सले सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्समाथि जित हात पारेको छ । मोन्टरियलले सर्रेलाई ५ विकेटले पराजित गरेको हो ।

जितका लागि चाहिएको १ सय ३७ रन मोन्टरियलले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । मोन्टरियलका लागि दिपेन्द्र सिंह ऐरी र दिलप्रित सिंहले समान २८(२८ रन तथा शकिब अल हसनले २६ रन बनाए ।

सर्रेका लागि सन्दीप लामिछानेले सर्वाधिक २ विकेट हात पारे । उनले दिपेन्द्रलाई आउट गरेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सर्रेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३६ रन जोड्यो । सर्रेका लागि कप्तान इफ्तिकार अहमदले ४० रन तथा जतिन्दर सिंहले २७ रन जोडे ।

मोन्टरियलका लागि सकिब अल हसनले ३ तथा अब्बास अफ्रिदीले २ विकेट हात पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर