स्पेन र स्विटजरल्याण्डले जित हासिल गरे

काठमाडौं । महिला विश्वकप फुटबलमा स्पेन र स्विटजरल्याण्डले जित हासिल गरेका छन् । शुक्रबार भएको खेलमा स्पेनले कोस्टारिका र स्विटजरल्याण्डले फिलिपिन्सलाई हराएका हुन् ।

स्पेनले कोस्टारिकाविरुद्ध ३–० को शानदार जित निकाल्यो । वेलेरिया डेल क्याम्पोको आत्मघाति गोलसँगै स्पेनले खेलको २१ औं मिनेटमा अग्रता बनाएको थियो । त्यसको दुई मिनेट पछिनै आइटाना बोनमतीले स्पेनको अग्रतालाई दोब्बर बनाउने काम गरिन् । त्यसको चार मिनेटमा एस्तेर गोन्जालेजले स्पेनको अग्रतालाई ३–० मा पुर्याएकी थिईन् ।

कोस्टारिकाविरुद्ध पुरै हाबी देखिएको स्पेनले खेलमा ४६ पटक आक्रमण बुनेको थियो । जसमा १२ आक्रमण पोस्ट भित्र थियो । विश्व वरियताको ३६ औं स्थानमा रहेको कोस्टारिकाले एक भन्दा बढी आक्रमण बुन्न सकेन । जितसँगै स्पेनको अन्तिम १६ को प्रवेश सम्भावना बलियो बनेको छ ।

अर्को खेलमा विश्वकपमा डेब्यु गरेको फिलिपिन्समाथि स्विटजरल्याण्डले २–० को जित निकाल्यो । रमोना बेचमेनले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिईन् । सेरेना पिउबेलले ६४ औं मिनेटमा गोल गर्दै टिमको जित सुनिश्चित गरेकी थिईन् ।

जितपछि स्विटजरल्याण्ड समूह एको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु टोली न्युजिल्याण्डलाई पछि पार्दै गोल अन्तरका आधारमा स्विस टोलीले शीर्ष स्थान कब्जा जमाएको हो ।

दोस्रो दिनको पहिलो खेलमा क्यानडा र नाईजेरियाले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर