विराट कोहलीले वेस्ट इन्डिजमा शतक बनाए

काठमाडौं । विराट कोहलीले वेस्ट इन्डिजमा शतक बनाएका छन् ।

पोर्ट अफ स्पेनमा भएको दोस्रो टेस्ट उनको भारतका लागि ऐतिहासिक पाँच सयौं अन्तर्राष्ट्रिय खेल थियो । त्यसमै उनले कोशेढुंगा शतक बनाए ।

उनले १ सय २१ रन बनाए । त्यसमा ११ चौका प्रहार गरे । त्यसको मदतले भारतले आफ्नो पहिलो इनिङ्समा ४ सय ३८ रन बनायो ।

पाहुना टिमका लागि रविन्द्र जडेजाले ६१ र रविचन्द्रन आश्विनले ५६ रन बनाए ।

जवाफमा वेस्ट इन्डिजले एक विकेट गुमाएर ८६ रन बनाएको छ । दोस्रो दिनको खेल समाप्त हुँदा वेस्ट इन्डिज अझै ३ सय ५२ रनले पछाडि छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर