मेस्सीले इन्टर मियामीका लागि डेब्यु खेलमा गोल गर्दै जित दिलाए

काठमाडौं । लियोनल मेस्सीले इन्टर मियामीका लागि डेब्यु खेलमा गोल गरेका छन् । लिग कपको अन्तिम मिनेटमा प्राप्त फ्रि–किकमा गोल गर्दै मेस्सीले मियामीलाई जित दिलाएका हुन् ।

मेस्सीकै निर्णायक गोलमा मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २–१ ले हराएको छ ।

खलको ४४ औ मिनेटमा राबर्ट टेलरको गोलमा मियामीले खेलमा अग्रता बनाएको थियो । युरिएल अन्तुनाले ६५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ उन्मुख खेलमा मेस्सीले फ्रिकिकमार्फत गोल गर्दै मियामीलाई नाटकिय जित दिलाएका हुन् ।

जित सहित मियामीले समूह चरणमा तीन अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

इन्टरले अन्तिम पटक गत मेमा एउटा खेल जितेको थियो । पछिल्ला ११ खेलमा जित विहिन यात्रालाई मेस्सीकै सहयोगमा मियामीले नाटकिय तरिकाले टुङ्गाएको छ ।एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर