केलियन एमबाप्पेलाई प्रि–सिजन टूरको टिम बाहिर राखियाे

काठमाडौं । केलियन एमबाप्पेलाई पेरिस सेन्ट जर्मेन (पीएसजी)ले प्रि–सिजन टूर बाहिर राखेको छ । जापान र दक्षिण कोरिया भ्रमणमा निस्किएको पीएसजीले केलियन एमबाप्पेलाई प्रि–सिजन टूरको टिम बाहिर राखेको हो ।

पीएसजीका सर्वाधिक गोलकर्ताले सम्झौता नविकरणका लागि अस्विकार गर्दै आएका छन् । उनको क्लबसँगको सम्झौता अर्को वर्ष सकिदैछ । सोही कारण पीएसजी एमबाप्पेलाई बेच्न चाहन्छ । र अर्को सिजन बजार खाली हात हुनबाट जोगिन चाहन्छ । एमबाप्पेले अर्को सिजन रियल मड्रिड जाने अनुमान गरिएको छ ।

फ्रान्सेली स्टार एमबाप्पे समकालिन फुटबलमा सर्वाधिक महङ्गा दोस्रो खेलाडी हुन् । सन् २०१७ मा पीएसजीले उनलाई १ सय ६५ मिलियन पाउण्डमा अनुबन्धन गरेको थियो ।

विश्वकप विजेता खेलाडीले मोनाकोबाट पीएसजी आएर २ सय ६० खेलमा २ सय १२ गोल गरेका छन् ।

पीएसजीले वर्तमान अवस्थालाई जारी नराख्ने सोच सहित एमबाप्पेलाई टिममा नराखिएको बताएको छ । अध्यक्ष नासिर अल खलिफाले स्पष्ट रुपमा धारणा राख्दै एमबाप्पेलाई अर्को वर्ष निशुल्क बजारमा उपलब्ध हुन नदिने बताएका छन् । सोही कारण क्लबले एमबाप्पेलाई बेच्नका लागि तयारी अघि बढाएको छ ।

पीएसजीले गत सिजन लिग वान जितेको थियो । उनले आरसी लेन्ससँग एक अंकले मात्र अघि रहेर लिग उपाधि जितेको थियो । क्लब निर्माणमा ठुलो लगानी गरेको पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा बायर्न म्युनिखसँग पराजित बनेको थियो ।

सोही कारण क्रिस्टोफी गाल्टियरलाई बर्खास्त गर्दै पीएसजीले उनको स्थानमा बार्सिलोनाका पूर्व प्रशिक्षक लुईस एनरिकेलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

फरवार्ड लियोनल मेस्सीले यसअघिनै पीएसजी छाडिसकेका छन् । अर्जेन्टिनी खेलाडीले विश्वकपको फाइनलमा फ्रान्सेली एमबाप्पेसँग खेलेका थिए । मेस्सी पीएसजी छाडेर मेजर लिग सकर अन्तर्गतको इन्टर मियामीमा अनुबन्धित भएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर