माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरू

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरू भएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रबाट एसईई सुरू भएको हो ।

यो वर्ष जापानमा पनि परीक्षा केन्द्र राखिएको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिन लागेका हुन् ।

यस वर्षको एसईई परीक्षामा सहभागि हुन देशभरका ५ लाख १६ हजार ५ सय ९१ जनाले कक्षा १० को रजिष्ट्रेशन फारम भरेका छन् ।

पहिलो दिन शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा परीक्षा चलिरहेको छ । शुक्रबार नै वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र साहित्यको पनि परीक्षा चलिरहेको छ ।

काठमाडौं उपत्यकासहित देशभर नै एसईई परीक्षा केन्द्रीत सुरक्षा व्यवस्था कडा पारिएको छ ।

६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् ।

७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित हुँदैछन् ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीलगायत गरी ७८ हजार जनशक्ति प्रत्यक्ष रूपमा परिचालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर