शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बुधबार ३ वटा खेलहरु हुने भएका छन् ।

लिगको आठौं चरण अन्तर्गत बुधबार दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुने भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र संकटाबीचको खेल बुधबार दिउँसो २ बजे सुरु हुने भएकाे छ ।

एनआरटी बुधबार दोस्रो जितको योजनामा हुने छ । एनआरटी ७ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । संकटा तेस्रो जितको खोजीमा हुनेछ । संकटा ९ अंक जोडेर नवौं स्थानमा रहेको छ । यता, च्यासल मैदानमा एपीएफ क्लब र हिमालयन शेर्पाबीच खेल हुनेछ ।

दुई टोलीबीचको खेल बुधबार दिउँसो २ बजे सुरु हुनेछ । एपीएफ बुधबार चौंथो जितको योजनामा हुनेछ । एपीएफ ७ खेलमा ११ अंक जोडेर सातौं स्थानमा रहेको छ । त्यस्तै, रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो क्लबबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

दुई टोलीबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ । शीर्ष स्थानको मनाङ बुधबार पाँचौ जित निकाल्ने योजनामा रहेको छ । मनाङ ७ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहेकाे छ । सातदोबाटो पनि पाँचौं जितको योजनामा रहेकाे छ । सातदोबाटो १३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

हिमालयन दोस्रो जितको खोजीमा हुनेछ । हिमालयन ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर