पूर्व कप्तान हरिहजुर थापा एशियाडको प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान हरिहजुर थापा एशियाडको प्रशिक्षणमा सहभागी नहुने भएका छन् ।

नेपाल भलिबल संघले सार्वजनीक गरेको टिममा स्थान बनाएका हरिहजुरले स्वास्थ्यको कारण देखाउँदै प्रशिक्षणमा सहभागी नहुने बताएका हुन् ।

क्षमतामाथि प्रश्न उठाउँदै भलिबल संघले हरिहजुरलाई कप्तानको जिम्मेवारीबाट हटाएको थियो । उनको स्थानमा मानबहादुर श्रेष्ठलाई राष्ट्रिय टिमको नयाँ कप्तान बनाईएको छ ।

हरिहजुरको निर्णयलाई भलिबलको पछिल्लो अनुशासनको घटनासँग जोडिएर हेरिएको छ । पिएम कप क्लब लिग भलिबलको समय अनुशासन तोडेको भन्दै भलिबल संघले आर्मीका तीन खेलाडीलाई प्रतिबन्धको निर्णय गरेको थियो भने हरिहजुलाई कप्तानबाट हटाएको थियो ।

खेलको दौरान दर्शकमाथि हातपात गरेको भन्द्र आर्मीका स्पाइकर धनबहादुर भट्टराई ६ महिनाको प्रतिबन्ध तथा आर्मीकै राजेन्द्र विष्ट र धनपति कुँवरलाई समान तीन महिनाको प्रतिबन्ध लगाएको थियो । हरिहजुरमा नेतृत्व गर्ने क्षमता नदेखिएको आरोप सहित कप्तानबाट हटाउने संघको निर्णय थियो ।

नेपालको भलिबलका महिला र पुरुष दुवै टिमले एसियन गेम्स खेल्दैछन् ।

नेपाली टिममा मानबहादुर श्रेष्ठ, रबिन चन्द, धिरोज बस्नेत, टेकराज अवस्थी, दुर्गाबहादुर खड्का, सफल बिके, मनिष मानन्धर, हेमन्त मल्ल, बिशाल बिक, हरिहजुर थापा, सम्राट भण्डारी र बिनोद चन्द छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर