८०० रुपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडौं । आज शुक्रबार सुनको मूल्य घटेको टछ । शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो। बिहीबार प्रतितोला छापावाल सुन १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम भएको छ। बिहीबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर