कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । गत मङ्गलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ । जसअनुसार आजको बैठक बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्दैछ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्दै आएको छ । बिहीबारको बैठकमा ३५ जना केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गरेका छन् ।

आजको बैठकमा पनि बाँकी केन्द्रीय सदस्यहरूले क्रमशः आ–आफ्ना धारणा व्यक्त गर्ने छन् । बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला पौडेल, टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, राजेन्द्रकुमार केसी, उमेश श्रेष्ठ, राजीवबिक्रम शाहले आ–आफ्नो धारणा व्यक्त गरिसकेका छन् ।

साथै, डा चन्द्रमोहन यादव, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, ई मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, प्रतिमा गौतम, अजयवावु शिवाकोटी, गङ्गालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी र आमन्त्रित कोशी प्रदेशका सभापति उद्धव थापाले पनि आ–आफ्ना रा प्रकट गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर