इन्टरले बेन्फिकालाई हरायो

काठमाडौं । इटालियन क्लब इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा जित निकालेको छ ।

इन्टरले मंगलबार राति पोर्चुगिज क्लब बेन्फिकालाई २-० गोल अन्तरले हराएको हो ।

इन्टरको जितमा निकोलो बरेला र रोमेलु लुकाकुले एक एक गोल गरे ।

खेलको ५१ औं मिनेटमा बरेलाले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा लुकाकुले पेनाल्टी मार्फत गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।

जितसँगै इन्टरले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

दुई टोलीबीचको दोस्रो लेग अप्रिल २० मा हुनेछ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर