ब्रुनो म्यानचेस्टर युनाईटेडका नयाँ कप्तान

काठमाडौं । म्यानचेस्टर युनाईटेडले ब्रुनो फेनान्डेजलाई क्लबको नयाँ कप्तान बनाएको छ ।

प्रशिक्षक इरिक टेन हगले ह्यारी मागुइरीलाई कप्तान पदबाट हटाएपछि नयाँ निर्णय बाहिर आएका हो ।

निरन्तर पोजसनमा संघर्ष गरिरहेका मागुइरीलाई युनाईटेडले कप्तानबाट हटाएको थियो । गत सिजन समेत मागुइरीको अनुपस्थितीमा ब्रुनोलाई धेरै पटक कप्तानको जिम्मेवारी दिईएको थियो ।

पोर्चुगलका अन्तराष्ट्रिय खेलाडी ब्रुनो युनाईटेडको स्थायी कप्तान बनेका हुन् । प्रशिक्षक हगले स्पष्ट निर्णय लिदै नयाँ कप्तानको जिम्मेवारी ब्रुनोलाई दिएका हुन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर