श्रीलंकामा आर्थिक संकटका कारण स्थानीय निर्वाचन स्थगित

काठमाडौं । श्रीलंकामा यहि अप्रील २५ मा हुन लागेको स्थानीय निर्वाचन आर्थिक संकटका कारण अनिश्चित कालका लागि स्थगित भएको छ ।

गत वर्षदेखि आर्थिक मन्दी झेलिरहेको श्रीलंकामा मतपत्र छाप्नका लागि समेत रकम अभाव भएका कारण निर्वाचन स्थगित गरिएको हो । श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणाबर्धनेले निर्वाचन आयोग र राजनैतिक दलका नेतासँगको गहन छलफलपछि अनिश्चित कालका लागि निर्वाचन स्थगित गर्ने घोषणा गरेका छन् । ।

यसअघि गत ९ मार्चका लागि तय गरिएको निर्वाचनको मिति २५ अप्रीलका लागि सारिएको थियो । पोस्टल मतदान विधि अनुसार निर्वाचन तय गरेको श्रींलकाका लागि ५ सय मिलियन डलरको आवश्यकता रहेको आयोगले जनाएको छ । यद्दपी सरकारले उक्त रकम जुटाउन असमर्थ भएका कारण निर्वाचन स्थगित गरिएको बुझिएको छ ।

श्रीलंकामा ४ वर्षका लागि ३ सय ४० स्थानीय परिषदका नयाँ सदस्य नियुक्ति गर्नुपर्ने प्रावधान रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर