नयाँ विश्व वरीयतामा नेपाल यथावत

काठमाडौं ।  विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को नयाँ विश्व वरीयतामा नेपाल यथावत रहेको छ ।

फिफाले बिहीबार निकालेको नयाँ वरीयता अनुसार नेपाल १७५ औं स्थानमा रहेको छ । नेपाल अघिल्लो महिनामा १७५ औं स्थानमै रहेको थियो ।

दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । ९९ औं स्थानमा रहेको भारत नेपाल भन्दा अघि रहेको स्थानमा छ । १५५ औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ ।

यस्तै नेपालपछि भुटान १८५ औं स्थानमा रहदा बंगलादेश १८९ औं स्थानमा रहेको छ ।  पाकिस्तान २०१ औं स्थानमा रहदा श्रीलंका २०४ औं स्थानमा छ ।

अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा यथावत रहेको छ ।

विश्व वरीयताको दोस्रो स्थान फ्रान्स र तेस्रो स्थानमा ब्राजिल रहेको छ ।

यस्तै इंग्ल्यान्ड चौंथो स्थानमा र  बेल्जियम पाँचौं स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर