चेल्सी र आर्सनलको प्रि–सिजनमा सफलता

काठमाडौं । लण्डन क्लब आर्सनल र चेल्सीले प्रि–सिजनको खेलमा सफलता प्राप्त गरेका छन् । बिहीबार भएको खेलमा आर्सनल र चेल्सीले फराकिलो जित निकालेका हुन् ।

काइ हभार्ट्जले गोल गरेको खेलमा आर्सनलले एमएलएस अल स्टारलाई ५–० ले हरायो । आर्सनलको जितमा हभार्ट्ज सहित ग्याब्रियल जिसस, लिएन्ड्रो ट्रासार्ड, जोगिन्हो र ग्याब्रियल मार्टिनेलीले गोल गरे ।

यता, प्रशिक्षक मौरिसियो पोटिचिनोले युवा खेलाडीलाई अवसर दिएको खेलमा चेल्सीले रेक्सहमलाई ५–० ले नै पाखा लगायो । चेल्सीका लागि युवा खृलाडी इयान मात्सेनले सुरुवाती दुई गोल गरे ।

करिब ५० हजार दर्शक उपस्थित किनान स्टेडियममा २१ वर्षिय लेफ्ट विङ्गरले आक्रमक खेल प्रस्तुत गरे । उनी गत सिजन च्याम्पियन्स लिगको टिममा समेत रहेका थिए । उनी लोनमा बर्नलीबाट चेल्सी फर्किएका हुन् ।

चेल्सीका लागि कानर गेलाघेर, क्रिस्टोफर नकुन्कु र बेन चिलवेलले एक एक गोल गरे । पोचिटिनाले प्रिमियर लिगको टिममा स्थान बनाउन युवा स्टार खेलाडीलाई अवसर दिएका थिए ।

नयाँ सिजनको तयारी स्वरुप क्लबहरु अन्तराष्ट्रिय भ्रमणमा निस्किएका छन् । प्रि–सिजन टूरलाई नयाँ सिजनको तयारीको रुपमा समेत लिने गरिन्छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर