लिभरपुलको कप्तान हेन्डरसनलाई १२ मिलियन पाउण्डमा साउदी अरेबिया पठाउने निर्णय

काठमाडौं । लिभरपुल कप्तान जोर्डन हेन्डरसन साउदी क्लब अल इतिफाकमा अनुबन्धित भएका छन् । लिभरपुलले कप्तान हेन्डरसनलाई १२ मिलियन पाउण्डमा साउदी अरेबिया पठाउने निर्णय गरेको हो ।

हेन्डरसन लिभरपुलसँग जर्मनीका भ्रमणमा निस्किएका थिए । तर उनलाई पछिल्लो मैत्रीपूर्ण खेलमा सहभागी गराईएको थिएन ।

इङ्ल्याण्डका मिडफिल्डरको सम्झौता लिभरपुलसँग अझै दुई वर्षको छ ।

लिभरपुलका पूर्व कप्तान स्टेभन जेरोर्डलाई भर्खरै क्लब साउदी क्लबले मुख्य प्रशिक्षकमा अनुबन्धन गरेको छ ।

लिभरपुलले गत हप्तामात्र मिडफिल्डर फाबिन्होका लागि ४० मिलियन पाउण्डको प्रस्ताव प्राप्त गरेको थियो । सोही कारण ब्राजिली अन्तराष्ट्रिय खेलाडीलाई जर्मन भ्रमणमा समावेश गरिएको छैन ।

यस समर ट्रान्सफरमा धेरै ठुला खेलाडी साउदी अरब पुगेका छन् । जसमा रियल मड्रिडका पूर्व फरवार्ड करिम बेन्जिमादेखि चेल्सीका पूर्व मिडफिल्डर एनगोलो कान्टेसम्म छन् ।

लिरभपुलका फरवार्ड फिर्मिन्होले क्लबसँगको सम्झौता सकिएसँगै अल अहिल जाने निर्णय गरेका छन् । सोही अनुसार म्यानचेस्टर सिटीका विङ्गर रियाद महरेज समेत अल अहिल जाने पक्का भएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर