इलाममा लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं । इलामको कन्यामबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका –५ का २१ वर्षीय प्रशिस खड्का र सूर्योदय –६ का २४ वर्षीय समिर तामाङ रहेका छन् ।

हिजो राति सवारी जाँच गर्नै क्रममा उनीहरुका साथबाट ब्राउन सुगरजस्तो देखिने वस्तु तीन ग्राम बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

झापाबाट इलामतर्फ आउँदैगरेका उनीहरुलाई बा २१ च ७९७१ नम्बरको गाडीबाट पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर