जनमतका कुशवाहामाथि कारवाही

काठमाडौं । जनमत पार्टीले  पूर्वसांसद शिवचन्द्र कुशवाहासहित ५ जना नेतालाई निलम्बन गरेको छ। पार्टीको बुधबार बसेको केन्द्रीय अनुशासन समितिले जनमत पार्टीको निति निर्देश र विधानविपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरेको भन्दै उनीहरूलाई कारवाही गरेको हो।

जनमतका उपाध्यक्ष तथा समिति प्रमुख दीपककुमार साहका अनुसार कुशवाहासहित गुलाब मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादवलाई कारवाही गरिएको हो। कुशवाहालाई अनुशासनहीनता प्रदर्शन गर्दै पार्टी र नेतृत्व विरुद्ध लागेको आरोप लागेको छ। उनलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीले कारवाही गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर