महरेजलाई साउदी क्लब अल अहलीमा पठाउन सहमत

काठमाडौं । म्यानचेस्टर सिटी विङ्गर रियाद महरेजलाई साउदी क्लब अल अहलीमा पठाउन सहमत भएको छ ।

प्रिमियर लिग क्लब सिटीले महरेजलाई ३० मिलियन पाउण्डमा साउदी क्लबमा पठाउन सहमत बनेको हो ।

३२ वर्षिय विङ्गरलाई जापान र साउथ कोरिया भ्रमणमा लैजान सिटीले अनुमती दिएको थिएन ।

अनुमान गरे अनुसारको मुल्य पाएपछि सिटीले महरेजलाई साउदी क्लब पठाउने निर्णय गरेको हो । महरेजको सिटीसँगको सम्झौता दुई वर्षको बाँकी छ ।

सिटीले ६० मिलियन पाउण्ड तिरेर महरेजलाई सन् २०१८ मा किनेको थियो । जसले गत सिजन ४७ खेलमा १५ गोल गरेका थिए । र सिटीलाई ट्रेबल उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । उनी एफ ए कप र च्याम्पियन्स लिगको फाइनलमा पुरा समय खेलेका थिए ।

करिम बेन्जिमा, एनगोलो कान्टे र रुबिन नाभिस सहितका ठुला खेलाडीले क्रिस्टियानो रोनाल्डोलाई पछ्याउँदै साउदी अरब लागेका छन् ।

स्टेभन जेरोर्ड समेत अल इतिफाकको प्रशिक्षकको रुपमा साउदी प्रो लिगमा अनुबन्धित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर