आफू पुनः सत्तामा आए रुस–युक्रेन युद्ध एक दिनमा समाप्त पारिदिने ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफू पुनः सत्तामा आए रुस–युक्रेन युद्ध एक दिनमा समाप्त पारिदिने दाबी गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग आफ्नो गहिरो सम्बन्ध रहेको भन्दै ट्रम्पले एक वर्ष भन्दा लामो समयदेखि चलिरहेको युद्ध एक दिनमा समाप्त पार्ने दाबी गरेका हुन् ।

आफू सत्तामा आए पुटिनलाई युद्ध रोक्न लगाउने र युद्ध नरोक युक्रेनलाई अमेरिकाले अहिलेसम्म नदिएको सहयोग दिने चेतावनी दिने पनि ट्रम्पको भनाइ छ । ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई युद्ध रोक्न मनाउन त्यस्तै स्मार्ट मान्छेहरु परिचालन गर्नुपर्ने बताए ।

फ्रेञ्च राष्ट्रपति म्यानुएल म्याक्रों पनि निकै स्मार्ट रहेको भन्दै ट्रम्पले अमेरिकाको अहिलेको नेतृत्वलाई कसको के क्षमता हो भन्ने थाहा नभएको आरोप पनि लगाए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर