फिलिक्सले बार्सिलोनाबाट खेल्ने इच्छा ब्यक्त

काठमाडौं । एट्लेटिको मड्रिडका स्टार जोआओ फिलिक्सले बार्सिलोनाबाट खेल्ने इच्छा ब्यक्त गरेका छन् । पोर्चुगलका अन्तराष्ट्रिय स्टारले स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने आफ्नो सपना भएको बताएका हुन् ।

फिलिक्सले यस समर ट्रान्सफरमा एट्लेटिको मड्रिड छाड्ने मानिएको छ । उनी ६ महिना लोनमा चेल्सीमा बिताएका फर्किएका छन् । उनले एक अन्तरवार्तामा बार्सिलोनाको क्याप नाउबाट खेल्ने आफ्नो सपना भएको बताएका हुन् ।

‘म बार्सिलोनाबाट खेल्न लालायित छु ।’ उनले भने, ‘बार्सिलोना मेरा लागि सधै पहिलो रोजाई हो । म बार्सिलोना जान मन पराउँछु । म सानै छदाँ यो मेरो सपना रहेको थियो । यदी यो सम्भव भयो भने सपना पुरा हुनेछ ।’

बार्सिलोनाको वित्तिय अवस्थाका कारण क्याम्प नाउका आफ्नै सिमितता छन् । तर समझदारी बनेको खण्डमा फिलिक्स बार्सिलोना आउन सक्नेछन् । २३ वर्षका फिलिक्स ठुलो मुल्यमा ला लिगा क्लब बेन्फिकाबाट एट्लेटिको गएका थिए ।

उनले चेल्सीमा रहदाँ २० खेलमा मात्र ४ गोल गरे । उनी पछिल्लो समय प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर युनाईटेडसँग समेत जोडिएका छन् ।

पोर्चुगिज खेलाडीको भविष्य अझैपनि अन्यौलमा छ । तर उनी यस समरमा अन्य क्लब जान सक्नेछन् । एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनसँगको सम्बन्धका कारण उनले क्लब छाड्ने धेरैको अनुमान छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर