बुधबार नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज ११.१७ अंकले बढेर नेप्से दुई हजार एक सय ६५ दशमलब २४ विन्दुमा पुगेको हो ।

त्यस्तै, आज तीन अर्ब ३४ करोड ८६ लाखबराबरको कारोबार भएको छ । आज कारोबार भएका ७३ कम्पनीको शेयरमूल्य बढेको छ भने १३१ कम्पनीकोे शेयरमूल्य घटेको छ । १३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनी लिमिटेडको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले बढेको छ । यसका साथै युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज सबैभन्दा बढी एनआइबीएल समृद्धि फण्ड–२ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशतभन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी युनाइटेड अजोड इन्स्यारेन्स लिमिटेडको भएको छ । यस कम्पनीको आज २३ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर