बाँकेको सिमानामा पर्ने शिवखोलामा ट्रक दुर्घटना

काठमाडौं । दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलामा ट्रक दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ अमिलिया र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट ट्रक खसेको हो । भैरहवाबाट नेपालगञ्जतर्फ जाँदै गरेको लु१ख ८६०९ नम्बरको ट्रक खोलामा खसेको हो । चालक ट्रकभित्र फसेको छ ।

घाइते अवस्थामा रहेका चालकलाई उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर